धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक समान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ । कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ८.२९, विकास बैंक ५.५२, जलविद्युत् ४.८१, उत्पादन ९४.७१, अन्य ४.५६ र लघुवित्त १०४.३९ ले वृद्धि भएको छ । यस्तै बैंकिङ ३.७५, होटल ०.२७, वित्त ३.२७, निर्जीवन बीमा ५२.७८, जीवन बीमा १९.४२ र सामूहिक लगानी कोष ०.०३ ले बढेको छ । नेप्सेका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७१ लाख ६२ हजार ९१३ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
यस्तै हिमालयन डिस्टिलरी रु १२ करोड ८९ लाख ५५ हजार, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु छ करोड ६१ लाख ४२ हजार ३६८, एनआइसी एशिया बैंक रु पाँच करोड ९९ लाख ६६ हजार ३७८, सानका किसान विकास बैंक रु पाँच करोड ९९ लाख एक हजार ७८४, शिखर इन्स्योरेन्स कम्पनी रु पाँच करोड दुई लाख ९१ हजार ८२० र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७९ लाख ४० हजार १०३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आशा लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा बोटलर्स नेपाल तराई ९.९९, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९०, सिझी लघुवित्त वित्तीय संस्था ९.६४, हिमालयन डिस्टिलरी ८.४७ र साना किसना विकास बैंकका शेयरधनीले ७.६२ प्रतिशतले कमाएका छन् । यसैगरी मल्टीपर्पोज फाइनान्स ९.५५, प्रोगे्रसिभ फाइनान्स ३.५७, माउण्टेन हाइड्रो ३.०९, राष्ट्रिय बीमा कम्पनी २.९८, सिद्धार्थ इक्विटी फण्ड २.९८ र एनआइबिएल समृद्धि फण्ड एक का लगानीकर्ताले २.४३ प्रतिशतले गुमाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline