नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत

नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

७ फागुन, काठमाडौं ।  नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीबीच मंगलबार ढाकामा भएको द्विपक्षीय वार्तामा नेपालका लागि सिदपुर विमानस्थल खुल्ला गर्न बंगलादेश सहमत भएको छ । नेपाली भ्रमण दलको नेतृत्व गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशका विदेशमन्त्रीबीच मंगलबार स्टेट गेष्ट हाउस पद्मामा भएको बैठकमा उक्त समझदारी भएको जनाइएको छ ।

‘विमानस्थलको प्रयोग तथा उडान अवतरणबारे थप निर्णय प्राविधिक समितिले टुग्यांउने गरी सहमति भएको छ,’ बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोयनलाई उद्धृत गर्दै बंगालादेशी पत्रिका डेलिस्टारले लेखेको छ । परराष्ट्र मन्त्रालयले ढाकामा मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच विविध विषयमा छलफल र समझदारी भएको पुष्टि गरेको छ । बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको यो विमानस्थल सन् १९७९ मा सञ्चालनमा आएको थियो । तीनदिने भ्रमण पूरा गरेर परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली बुधबार काठमाडौं फर्किँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी