च्याम्पियन्स लिग फुटबल: एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित

च्याम्पियन्स लिग फुटबल: एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं,७ फागुन । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

मंगलवारराति भएको खेलमा घरेलु टोली एट्लेटिकोले साविक विजेता लिभरपुललाई १–० गोल अन्तरले पछि पारेको हो ।

एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ ।

दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ । यस्तै गएराति नै भएको अर्को खेलमा ईर्लिङ हालाण्ड प्ररित बोरुसिया डर्टमण्डले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ । यसैबीच लिभरपुल मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड साडियो मानेलाई चाँडै मैदानबाट निकाल्नु च्याम्पियन्स लिगमा हारको मुख्य कारण रहेको बताए ।

उनले खेलको ४५ औ मिनेटमा मानेलाई मैदानबाट स्थानान्तरण गर्नु टिमको मुख्य हारको कारण रहेको प्रतिक्रिया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ