चीनको उहानबाट फैलिएको कोरोना भाईरसको स्रोत के हो भन्ने कुरामा अझै निष्कर्षमा वैज्ञानिकहरु नपुगे पनि प्रारम्भिक अनुसन्धानमा चमेरो र सालकसगँ जोडिएर आएको छ । यद्यपि यसलाई अन्तिम निष्कर्षको रुपमा भने ल्याईएको छैन । तर विश्व श्वास्थ्य संगठनका वैज्ञानिकहरुले चमेरोमा धेरै मात्रामा कोरोना थियो भनेका छन् । भारतमा फैलिएको निपाह अरु देशमा फैलिएको ईबोला र रेबिजको मामलामा समेत चमेरोको सम्बन्ध जोडिएको निष्कर्ष निस्केको थियो ।
अमेरीकाको अन्टेरीयो भटेनरी कलेजका प्रोफेसर स्काट वीजले जनावारबाट फैलिरहेको बीरामीका बारेमा अनुसन्धान गरीरहेको र उनले भने अनुसार पनि कोरोनाको कनेक्सन चमेरोसगँ छ ।
चीनीया वैज्ञानिकहरुले भने सालकबाट चमेरोमा र फेरी चमेरोबाट मानिसमा यो भाईरस सरेको भनेका छन् । यस अघि चमेरो र सर्पलाई कोरोनाको कारण मानिएको थियो । साउथ चाइना एग्रीकल्चरल यूनिवर्सिटीका शोधकर्ताहरुले कोरोनाका लागि सालकलाई जिम्मेवार ठहर्याएका छन् ।
शोधकर्ता शेन योंगी र जिओ लिहुआका अनुसार भाईरस सालकबाट चमेरो र चमेरोबाट मान्छेमा पुगेको हो । उनीहरुले एक हजार जंगली जनावारको सेम्पल लिएर परीक्षण गर्दा सालकमा रहेको जिनोम सिक्वेन्स र कोरोना भाईरस ९९ प्रतिशत म्याच खाएको थियो ।
तर डब्लुएजओले भने चमेरोबाट दोस्रो जनावारमा पुगेर मानिसमा आएको हुन सक्ने बताएको छ । चमेरो सिधै मानिसको सम्पर्कमा नजाने भएकाले यस्तो अनुमान डब्लुएचओले गरेको हो । टोरेन्टो हेल्थ साईन्स सेन्टरका विशेषज्ञ डा. समीरा मुबारेकाले भनेकी छन् यो पहिलो पटक होईन मानिसमा कुनै पनि बिरामीको कारणको रुपमा चमेरोको नाम आएको । चमेरो निपाह, रेबिज जस्ता केही भाईरसको कारणको रुपमा यस अघि पनि अनुसन्धान भएको थियो ।