३ फागुन, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्रले उपाधि जित्दै पहिलो पटक लिग च्याम्पियन बनेको हो ।
मछिन्द्रले लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्याे । च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ ।
गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यश सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो । मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोड्यो । मछिन्द्रले यश सिजन हिमालयन शेर्पा क्लबसंग मात्र हार बेहोरेको थियो ।
खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको हो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको हो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।

दोस्रो हाफमा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्र बाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए ।
६७औं मिनेटमा आर्मीले अवसर सदुपयोग गर्न सकेन । टंक बहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
आर्मीका फरवार्डहरु मछिन्द्रको कम्प्याक्ट डिफेन्स तोड्न असफल रहे । ईन्जुरी टाईमको पहिलो मिनेटमा आर्मीका विकास तामाङको प्रहार मछिन्द्रका विशाल राईले गोललाईनबाट क्लियर गर्दै मछिन्द्रको संकट टारेका थिए ।
९० दिनको निलम्बन अवधी सकाएका विमल घर्ती मगरले मछिन्द्रबाट खेलेका थिए । आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसंग अन्तिम खेलमा पराजित हुादे उपाधिबाट बन्चित भएको थियो ।

मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजता बन्याे । उपाधिसँगै उसले रु ५० लाख पुरस्कार प्राप्त गर्यो । आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझायो । उसले रु ३५ लाख पुरस्कार प्राप्त ग¥यो । मच्छिन्द्र अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेको थियो ।
लिग च्याम्पियन बन्न मच्छिन्द्रसित बराबरी खेले पनि पुग्ने भए पनि आर्मीले स्तरीय खेल प्रदर्शन गर्न सकेन । मछिन्द्र उपाधि होडमा पहिलो पटक सामेल भएको हो भने आर्मी विसं २०६३ को लिगमा नेपाल पुलिससित पराजित भई उपविजेता बनेको थियो ।
गत मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक लिगको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै लिगमा विजयी शुरुआत गरेको थियो । मच्छिन्द्र विसं २०६० मा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो ।
खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका आन्द्रेस निया घोषित भए । लिगमा २८ अङ्क बनाएको मनाङ–मस्र्याङ्दी क्लब तेस्रो, २६ अङ्क बनाएको थ्री स्टार चौथो तथा २० अङ्कसहित नेपाल पुलिस क्लब पाँचौँ तथा १९ अङ्क बनाएको जाउलाखेल युथ क्लब छैटौँ भयो । उनीहरुले क्रमशः रु २५ लाख, रु १५ लाख, रु सात लाख र रु पाँच लाख पुरस्कार प्राप्त गरे ।
लिगमा चार अङ्क मात्र बटुलेको सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराएको थियो । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गरेको थियो । ए डिभिजन लिगमा १४ क्लब सहभागी थिए । हरेक खेलको विजेता टोलीलाई रु ५० हजार प्रदान गरिएको थियो ।
विजेता खेलाडी, प्रशिक्षक तथा टोलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मारिछरिङ शेर्पालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
लिगमा भरत, विशाल र अनन्त उत्कृष्ट लिगको उत्कृष्ट फरवार्ड
आर्मीका भरत खवास, थ्री स्टारका अनन्त तामाङ लिगको उत्कृष्ट डिफेन्डर, मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका विशाल राई ‘बी’, मच्छिन्द्र क्लबका प्रवेश कटवाल लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए ।
उनीहरुले जनही रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । मच्छिन्द्रका विशाल राई उत्कृष्ट मिडफिल्डर र न्युरोड टिमका दर्शन गुरुङ युवा खेलाडी चुनिए । दुवैले जनही रु एक लाख पुरस्कार प्राप्त गरे । लिगको फेयर प्ले पुरस्कार थ्री स्टार क्लबले प्राप्त ग¥यो । उसले रु एक लाख पुरस्कार प्राप्त ग¥यो ।