नेपाल लाइफको बीमाशुल्क अबदेखि इसेवा देखि भुक्तानी गर्न सकिने

नेपाल लाइफको बीमाशुल्क अबदेखि इसेवा देखि भुक्तानी गर्न सकिने

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जीवनबीमाको क्षेत्रमानेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क इसेवादेखि भुक्तानीगर्न सकिने भएको छ । अनलाइन मार्फत बीमाशुल्कभुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाकातर्फबाट प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमाशुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानीगर्न सक्ने छन् ।
यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । यो सेवाबाट नेपाललाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुने छन् ।
नेपाललाइफको प्रिमियमअनलाइनभुक्तानीगर्न सकिने सेवाको सुरूवातभएसँगै इसेवाफोनपे प्रा.लि.काप्रमुखकार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘हाल जीवनबीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्ट सम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्यगरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँगप्रिमियमभुक्तानीगर्न सक्नुहुनेछ।’
इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायककम्पनीहो । देशभर करिब ८० हजार भन्दा बढि एजेन्ट (इसेवाजोन तथापोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमाएक करोड भन्दा बढिले सेवालिइरहेका छन् । इसेवामाखाताखोल्नेको संख्या३०लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतकादुई हजार भन्दा बढी सेवाहरूको शुल्कभुक्तानीगर्न सकिन्छ ।
२०५८ सालमापब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापनागरिएको नेपाललाइफइस्योरेन्स् प्रथम अग्रणी जिवनबीमा कम्पनी हो । कम्पनीले नेपालकाविभिन्नभागमा रहेका २ सय वटा शाखा तथा उपशाखा मार्फत सेवाप्रदानगर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ