वीरगंजको आदर्शनगर ग्रिन सिटीमा पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने

वीरगंजको आदर्शनगर ग्रिन सिटीमा पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने

  • बिहिबार, फाल्गुन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

राहुल गुप्ता
वीरगंज, २९ माघ ,वीरगंजको आदर्शनगर ग्रिन सिटीमा पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने भएको छ । इन्टरनेट प्रदायक संस्थाका प्रतिनीधि र ग्रिन सिटी समुदायबीच बुधबार भएको बैठकमा तारलाई व्यवस्थित गर्ने सहमति भएको हो ।

पहिलो चरणमा लोहरपट्टी चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्मको इन्टरनेट तथा टिभी केबल तारको व्यवस्थापन गर्ने निर्णय सरोकारवालाको बैठकले गरेको थियो । छिट्टै वीरगंज नगरभरी नै तारलाई व्यवस्थित गरिने उनीहरुको भनाइ छ ।

निर्णय कार्यान्वयनका लागि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहित ६ सदस्यीय तार व्यवस्थापन समिति समेत गठन गरिएको छ ।विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै ग्रिनसिटी सामुदायिकले विरोध जनाउँदै आएको थियो ।

इन्टरनेट सेवा प्रदायकले शनिबारदेखि तारलाई व्यवस्थित गर्न सहमति जनाएको ग्रिन सिटी सामुदायिकका अध्यक्ष खेतानले जानकारी दिए । बैठकमा नेपाल विद्युत प्राधिकरण, भायनेट, वर्ल्डलिंक, क्लासिक टेक, सुबीसु लगायत इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ