अमेरीका विरुद्ध नेपालको शानदार जीत,सन्दीपले लिए ६ विकेट

अमेरीका विरुद्ध नेपालको शानदार जीत,सन्दीपले लिए ६ विकेट

  • बुधबार, माघ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौं माघ २९ । त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा अमेरीकामाथि प्रभावशाली जीत निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको खेलमा नेपालले ८ विकेटको रवाफीले जीत निकाल्दा नायक बने सन्दीप लामिछाने । उनी एक्लैले ६ विकेट र सुसन भारीले ४ विकेट लिए पछि अमेरीका १२ ओभरमा ३५ रनमा अलआउट भएको थियो ।
अमेरीकाले दिएको ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालले पनि शुरुमै ओपनर सुभाष खकुरेललाई शुन्य रन र ज्ञानेन्द्र मल्ललाई १ रनमा गुमाएको थियो । तर पारस खड्का र दीपेन्द्र सिंह ऐरीले साझेदारी गरेर लक्ष्य पूरा गरे । पारसले १२ बलमा २० रन जोडे भने ऐरीले ११ बलमा १५ रन बनाए ।
अमेरीकाको यो अन्तराष्ट्रिय क्रिकेटमा न्युन स्कोरको कीर्तिमानी बराबरी गरेको छ । यति नै स्कोर सन् २००४ मा जिम्बाबेले श्रीलका बिरुद्ध बनाएको थियो ।
अमेरीकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक उसका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालले ओमनसगँको दुवै खेल गुमायो भने अमेरीकासगँको दुवै खेल जीत्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ