सोलुको सल्लेरीमा मदन भण्डारी स्पोर्ट्स भलिबल

सोलुको सल्लेरीमा मदन भण्डारी स्पोर्ट्स भलिबल

  • मङ्लबार, माघ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

विराटनगर, २८ माघ ।

सोलुखुम्बुको सल्लेरीमा आगामी फागुन ५ गतेदेखि तेस्रो मदन भण्डारी अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रदेशस्तरीय प्रतियोगिताको लागि प्रदेश सरकार र स्थानीय तहले सहयोग गरेका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा लिगकम नकआउट भलिबल प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष सागर थापाले जानकारीदिनुभयो ।
एकेडेमीका प्रदेश अध्यक्ष थापाले जिल्लागत रुपमा खेलाडीलाई सहभागी गराउँदै १४ टिमबीच प्रतियोगिता हुने बताउनुभयो । मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सगरमाथाको काखमा आयोजना हुने भलिबल प्रतियोगिता भव्य र सभ्य हुने दावी गर्नुभयो ।
चार समुहमा विभाजित गरि खेलाडीबीच प्रतिस्प्रर्धा गरिने भएको हो । समुह ए मा झापा, धनकुटा, ताप्लेजुङ र इलाम, बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, सी मा सुनसरी, पाँचथर र संखुवासभा तथा डी मा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ रहेका छन् ।
प्रतियोगिता भर ४८ लाख एकहजार रुपैँयाको लागत अनुमान गरिएको छ । यो स्रोत प्रदेश सरकार र स्थानीय तहबाट सहयोग लिइने भएको छ ।
विजेता टिमले एकलाख ५१ हजार नगद राशीसहित ट्रफी र मेडल हात पार्नेछन् । यसैगरी उपविजेतालाई एकलाख, तृतियलाई ५० हजार, सान्तवना २५ हजार नगद राशीको पुरस्कार राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
खेलमा उत्कृष्ट खेलाडी १५ हजारसहित उदयमान, बेष्ट ब्लकर, स्पाइकर, लिफ्टर, डिफेन्सर र सर्भरलाई जनही नगद दश हजार राशीको पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ