सरस्वती क्लब बी डिभिजनमा घटुवा

सरस्वती क्लब बी डिभिजनमा घटुवा

  • मङ्लबार, माघ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको जारी संस्करणबाट सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ ।

सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २(१ ले पराजित हुँदै सरस्वती बी डिभिजनमा झरेको हो ।

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहने सम्भावनालाई जिवितै राख्न च्यासललाई हराउनुपर्ने दवावमा रहेको सरस्वती पराजित भएपछि एक खेलअघि नै रेलिगेशनमा परेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासललाई जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे ।

सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए । सरस्वती रेलिगेशनमा परेसंगै ब्रिगेड ब्वाइज बीबीसी र सशस्त्र प्रहरीको एपिएफ सुरक्षित भएका छन् ।

१४ टोली सहभागी लिगबाट पुछारको एक टिममात्र रेलिगेशनमा पर्ने भएकाले अन्य क्लबहरु सुरक्षित भएका हुन् ।

२०६३ सालमा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती त्यसैवर्ष घटुवा भए पनि २०६८ साल यता ए डिभिजनमा थियो ।

यसैबीच उपाधिको दावेदार मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा पुगेको छ ।

सोमबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटा क्लबमाथि ३(१ को जित निकाल्दै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो ।

मच्छिन्द्रका लागि देवेन्द्र तामाङ्ग, विशाल राई र दीपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले सान्त्वना गोल फर्काए ।

जितले संकटाको १२ खेलबाट २८ अंक भएको छ । ११ खेलबाट २६ अंकको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । तेस्रो स्थानको साविक विजेता मनाङ्ग मस्र्याङ्दी क्लबको ११ खेलबाट २२ अंक छ ।

मनाङ्ग दुई खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ । मनाङ्गले बाँकी दुवै खेल जिते पनि मच्छिन्द्र र आर्मीबीच अन्तिम भिडन्त हुने भएकाले उपाधि मनाङ्गको भागमा पर्ने छैन ।

सोमबार भएको अर्को खेलमा सशस्त्र प्रहरीले फ्रेन्ड्स क्लबलाई ५(२ ले हरायो ।

सशस्त्रका लागि आशिष लामा र प्रविणकुमार स्याङतानले दुई दुई तथा कप्तान टोपबहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल फर्काए ।

लिग अन्तर्गत मंगलबार दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले न्यूरोड टिम एनआरटीसंग तथा दिउँसो साढे ३ बजे मनाङ्गले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ