बंगलादेशले पहिलो पटक जित्यो यू १९ विश्वकप, चार पटकको विजेता भारत पराजित

बंगलादेशले पहिलो पटक जित्यो यू १९ विश्वकप, चार पटकको विजेता भारत पराजित

  • सोमवार, माघ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

२७ माघ, काठमाडौं ।

चार पटकको विजेता भारतलाई स्तब्ध पार्दै बंगलादेश यू १९ क्रिकेट टोलीले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ ।

दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश नयाँ च्याम्पियन बनेको हो ।

वर्षाले प्रभावित खेलमा बंगलाद्शले साविक विजेता समेत रहेको भारतलाई डकवर्थ लेविस (डिएल) मेथ ८ को आधारमा ३ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । जसको कारण डिएल मेथडमा बंगलादेशले जितको लागि ४६ ओभरमा १ सय ७० रन बनाउनु पर्ने थियो । सोही लक्ष्य बंगलादेशले ४२.१ ओभरमै ७ विकेट गुमाएर भेट्टायो र उपाधि जित्यो ।

बंगलादेशको जितमा कप्तान तथा विकेटकिपर अकवर अलीले अविजित ४३ रनको कपतानी इनिङ्स खेले । उनले ७७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर परवेज हुसेन इमोनले ७९ बलमा ७ चौकाको मद्दतमा ४७ रन बनाए ।

भारतका स्पीनर रवि बिस्नोईले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिदै ४ विकेट लिए । यस्तै सुशान्त मिश्राले २ र यजस्वी जैसवालले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो । भारतका लागि ओपनर यजस्वी जैसवालले सर्वा्धिक ८८ रन बनाए । उनले १२१ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । यस्तै तिलक बर्माले ३८ र धुब्र जुरेलले २२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतले अन्तिम २१ रन जोड्दा ७ विकेट गुमाएको थियो ।

भारती इनिङ्स ध्वस्त पार्न बंगलादेशका लागि अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर सर्वा्धिक ३ विकेट लिए । यस्तै शोरिफुल इस्लाम र तन्जिन हसन शकिबले २–२ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ