शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दी विजयी

शहीद स्मारक लिग : मनाङ मस्र्याङ्दी विजयी

  • आइतवार, माघ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो ।

मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा मनाङले थप दुई गोल ग¥यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो । मनाङ मस्र्याङ्दीका विमल रानाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गर्नुभयो । अञ्जन विष्टले खेलको ४३औँ मिनेटमा दोस्रो गोल गर्नुभयो ।

यस्तै खेलको ६५औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पु¥याउनुभयो । खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गर्नुभयो ।

यस्तै खेलको अतिरिक्त समयमा मनाङ मस्र्याङ्दीका दयानन्द सिंहले चौथो गोल गर्नुभयो । जितसँगै मनाङ मस्र्याङ्दी २२ अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको हो । न्यूरोड १५ अंकका साथ लिगको आठौं स्थानमा छ । त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ