रोशन धिमालकाे ‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’

रोशन धिमालकाे ‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’

  • आइतवार, माघ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

रोशन धिमालले आफ्नो डेब्यु गीत ‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’ सार्वजनिक गरेका छन् । रोजगारको सिलसिलामा हाल मकाउमा रहेका गायक धिमालले शिक्षित युवा र बेरोजगारलाई आधार बनाएर यथार्थपरक गीत सार्वजनिक गरेका हुन्। टेलिभिजन र रेडियोमा आफ्नो भविष्य खोज्दै एक समय संचारकर्मीको रुपमा समेत काम गरेका गरेका धिमालले यस गीतमा आफ्नै भोगाइ र भावना प्रस्तुत गरेका छन् ।

गायक , संगीतकार र गीतकारका रुपमा धिमालको पहिलो कोसिस हो । यस गीतको संगीत संयोजन बादल लिम्बुले गरेका छन् । भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका भिडियोमा स्वयम गायक धिमाल र मेची पुत्र फ़िचर्ड छन् । थैली इन्टरटेन्मेण्ट र कदम थियटरको प्रस्तुति रहेको भिडियोलाई सिजन दहाल र किरण चामलिङ राईले सयुक्त रुपमा निर्देशन गरेका हुन् ।

हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायक धिमालले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी