बलरहरुले विकेट लिन नसके पछि नेपाल ओमनसगँ फेरी पराजीत

बलरहरुले विकेट लिन नसके पछि नेपाल ओमनसगँ फेरी पराजीत

  • आइतवार, माघ २६, २०७६
  • मिर्मिरे अनलाइन सम्वादाता

  • 6.6K
    SHARES

खराब बलिगंका कारण नेपाल दोस्रो खेलमा पुनः ओमनसगँ स्तव्ध भएको छ । नेपालले दुई सय ५० रनको लक्ष्य दिए पनि ओमनको विकेट बलरहरुले लिन नसक्दा नेपाल ८ विकेटको अन्तरले पराजीत हुन पुग्यो ।
नेपालको लक्ष्य ओमनले ४७ दशमलव २ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि सुसन भारी र कमल सिंह ऐरीले एक एक विकेट लिए ।
ओमनका आकिबले एक सय ९ रन बनाएर नेपाल विरुद्ध शतक बनाए ।
नेपालले पहिले ब्याटीगं गर्दै पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन जोडेको थियो ।
नेपालका लागि आज कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले एक छक्का र ६ चौकाको मद्धतमा ७६ बल खेलेर ५६ रन जोडे ।
त्यसै गरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५,आरीफ सेख र कुसल मल्लले समान २८ रन जोड्दा ओपनर सुभाष खकुरेलले २२ रन बटुले ।
करण केसी १० रन बनाएर पेभिलियन फर्कदा दीपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भए । त्यसै गरी सन्दीप लामिछाने १० र कमल सिंह ऐरी ९ रनमा अविजीत रहे ।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।
आइसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ