बिमा समितिद्धारा २०७६ मंसिर २४ गते जारी “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए अनुरुप एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी द्धारा संयुुुक्त रुपमा घुम्ति बिमा सेवा शुरु गरेका छन् ।
ठाकुरद्धारा बर्दियाबाट एक कार्यक्रम बिच यो सेवा शुभारम्भ गरिएको छ । ग्राहक हरुलाई घरदैलो वाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बिमा सेवा संचालन गरिएको हो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको बताउनु भयो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ग्राहको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
यसै गरी एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी हरुमा अनुरोध गर्नुभयो ।