एपिएफ र पुलिस क्लब उत्कृष्ट टिम, १ लाख सहित सम्मानित

एपिएफ र पुलिस क्लब उत्कृष्ट टिम, १ लाख सहित सम्मानित

  • शनिबार, माघ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडाैं, २५ माघ ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला तर्फ र नेपाल पुलिस क्लब पुरुष तर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमबाट सम्मानित भएका छन् ।  शनिबार तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो ।

नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपिएफले महिला तर्फ १० मा ९ प्रतियोगितामा विजयी हुँदै उत्कृष्टता हासिल गरेको हो । यस्तै पुलिसले पुरुष तर्फ ९ खेल मध्ये ६ खेलमा विजयी हुँदै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो ।

यस्तै खेलाडी तर्फ महिलामा एपिएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलका उदियमान खेलाडीहरुमा महिला तर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षेत्री (टिएसी) घोषित भएका छन् । यसैगरि महिला तर्फ एपिएफका ज्ञानेन्द्र बिष्ट र पुरुष तर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुले नगद २५ हजार सहित सम्मान पत्र प्राप्त गरे ।

यसैगरि भलिबल खेलमा लामो समय सम्म आवद्ध रहि भलिबल अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजार सहित सम्मान पत्रले सम्मान ग¥यो । उप्रेतीले ६१ साल देखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफुलाई उभ्याएकी थिईन् । सम्मान गर्ने क्रममा नेपालमा भलिबल खेलको बिकास र विस्तारमा अनवरत लागि पर्ने न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ बिद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई पनि रहेका छन् । राईलाई नगद २५ हजार सहित अभिनन्दन पत्रले सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपालमा भलिबल खेलको विकासमा सहयोग पु¥याउनु हुने नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मान पत्र र दाशल्ला ओढाएर सम्मान गरिएको थियो ।

नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मुल्याङ्कन गर्दै बिगत तीन बर्ष देखि सम्मान गर्ने कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

शनिबार एक कार्यक्रमविच संघिय प्रतिनिधी सभा साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवनराम श्रेष्ठले बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई संघद्वारा प्रदान गरिएको नगद रकम सहित सम्मान पत्रद्वारा सम्मान गरे ।

सोही कार्यक्रमका दौरान बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई पनि नगद २५ हजार सहित सम्मान गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ