ओमनको एक सय ९८ रनको लक्ष्य विरुद्ध नेपालको ब्याटीगं शुरु, पारस र ज्ञानेन्द्रले सम्हाले ओपनिगं

ओमनको एक सय ९८ रनको लक्ष्य विरुद्ध नेपालको ब्याटीगं शुरु, पारस र ज्ञानेन्द्रले सम्हाले ओपनिगं

  • बुधबार, माघ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा १९७ रनको योगफल तयार पारेको हो ।

ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।

बलिङतर्फ नेपालका सुशन भारी किफायती साबित भए । उनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । ‘विकेट टेकर’का रुपमा करण केसी प्रभावशाली रहे । उनले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

१० ओभर बलिङ गरेका सन्दीप लामिछाने भने विकेटविहीन रहे । उनले ४५ रन खर्चिए । ओमनले दिएको चूनौत पछ्याउदै नेपालले जवाफी व्याटीगं शुरु गरेको छ । नेपालको ओपनिगं साझेदारी ज्ञानेन्द्र मल्ल र पारस खड्काले सम्हालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ