त्रिकोणात्मक सिरिज : आज नेपाल र ओमान भिड्दै

त्रिकोणात्मक सिरिज : आज नेपाल र ओमान भिड्दै

  • बुधबार, माघ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

आईसीसी विश्व क्रिकेट लिग– २ अन्तर्गत पहिलो नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज बुधबारदेखि हुने भएको छ। त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिजको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ।

नेपाली टोलीले अभ्यासलाई पनि तीव्र बनाएको छ। नेपाली टोलीले पुस २५ देखि पोखरा रंगशालामा अभ्यास गरेको थियो। अभ्यासका क्रममा नेपालले मलेसियासँग अभ्यास खेल पनि खेलेको थियो। सिरिज खेल्न अमेरिका र ओमन नेपाल आइसकेका छन्। अमेरिकी टोली दुई साता भारतमा तयार गरेर नेपाल आएको हो।

माघ २९ गतेसम्म चल्न सिरिजमा २३ गते ओमन र अमेरिका, २५ गते नेपाल र अमेरिका, २६ गते नेपाल र ओमान, २८ गते अमेरिका र ओमन तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ