दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स विजयी

दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स विजयी

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिमलाई २–० गोलले पराजित गरेको हो ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ७८औँ मिनेटमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जनले पहिलो गोल गर्नुभएको थियो । उहाँले साउलो डि अक्विनोको पासमा गोल गर्नुभएको हो । खेलको ८०औँ मिनेटमा विदेशी खेलाडी वाग्नर डि कार्मोले फ्रेन्ड्सका लागि दोस्रो गोल गर्नुभयो । उहाँको प्रहार न्युरोडका गोलरक्षक अजित प्रजापतिलाई लागेर गोलमा परिणत भएको थियो ।

जितसँगै १४ अङ्कसहित फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लेको छ । न्युरोड १५ अङ्कका साथ सातौँ स्थानमा छ । लिगको ११औँ चरणका खेल बिहीबारदेखि हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ