आइसिसी विश्व वरियतामा नेपाल यथावत्

आइसिसी विश्व वरियतामा नेपाल यथावत्

  • सोमवार, माघ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो ।

टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा हुनुहुन्छ । यसअघि उहाँ ६०औं स्थानमा हुनुहुन्थ्यो ।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा हुनुहुन्छ । यसअघि उहाँ ८३औँ स्थानमा रहनुभएको थियो । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ