धनगढी नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डः ऐश्वर्य विद्या निकेतन च्याम्पीयन

धनगढी नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डः ऐश्वर्य विद्या निकेतन च्याम्पीयन

  • आइतवार, माघ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

धनगढी, माघ १९ । धनगढी उप–महानगरपालिकाले आयोजना गरेको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन प्रथम भएको छ । तीन  दिनसम्म सञ्चालन भएको रनिङ सिल्डमा ऐश्वर्य विद्या निकेत प्रथम भएको हो । ६ स्वर्ण ५ रजत सहित ऐश्वर्य च्याम्पीयन भएको हो ।

त्यस्तै एरिष्ट्रो स्कुल दोस्रो भएको छ । एरिष्ट्रोले ५ स्वर्ण ५ रजत ५ कास्य पदक जित्यो । त्रिनगर मावि तेस्रो भयो । त्रिनगरले ५ स्वर्ण ३ रजत र ७ कास्य पदक जित्यो । छात्र भलिवल तर्फ धनगढी नमुना मावि पहिलो,शिव मावि दोस्रो तथा वेहडावावा मावि र एरिष्ट्रो स्कुल तेस्रो भयो ।

छात्रा भलिवल तर्फ वेहडावावा मावि पहिलो त्रिभुवन मावि दोस्रो तथा पञ्चोदय मावि र त्रिनगर मावि तेस्रो भयो । कवड्डी छात्र तर्फ शारदा मावि पहिलो त्रिभुवन मावि दोस्रो तथा ठेकराज मावि र भवानी मावि तेस्रो भए । छात्रा तर्फ त्रिनगर मावि पहिलो, फुलवारी मावि दोस्रो तथा वेहडावावा र सरस्वती मावि तेस्रो भयो ।

प्रतियोगितामा ४ विद्यालय भने पदक विहीन भएका छन् । उनीहरुले कुनै पनि खेलमा पदक हासिल गर्न सकेनन् । प्रतियोगितामा एथलेटिक्स, भलिवल र कवड्डी तर्फका छात्र र छात्रा खेल आयोजना गरिएका थिए । विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ