जिपि कोईराला गोल्डकप फुटबल: पहिलो खेलमा धनुषा बिजयी 

जिपि कोईराला गोल्डकप फुटबल: पहिलो खेलमा धनुषा बिजयी 

  • शनिबार, माघ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

राहुल गुप्ता

बिरगंज , माघ १८ । गिरिजा प्रसाद कोईराला मेमोरियल फाउण्डेसन पर्साले आयोजना गरेको गोल्डकप फुटबल नकआउट प्रतियोगिताको उदघाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गरेका थिए ।जिपि कोईराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा शनिबार बिरगंजको आदर्शनगर रंगशालामा जे पि कोइराला फाउन्डेसन पर्साद्वारा भएको पहिलो खेलमा धनुषाले पर्सा फुटबल सँघलाइ पराजित गरेको छ ।

धनुषाले पर्सालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएर खेल बराबरीमा सकिएपछि ट्राईब्रेकरमा खेल धकेलिएको थियो । ट्राइबेकरमा धनुषाले पर्सालाई हराउदै प्रतियोगिताको बिजयी शुरुवात गरेको छ ।यसअघि खेलको पहिलो हाफको २८ औ मिनेटमा धनुषाका जर्सी नम्बर १७ का खेलाडी प्रमोद यादवले पहिलो गोल गर्दै धनुषालाइ अग्रता दिलाएका थिए ।

पहिलो हाफ सकिदासम्म धनुषा खेलमा १–० ले अगाडि थियो ।तर दोश्रो हाफको चौथौ मिनेटमा पर्सा क्लबको तर्फबाट सुदिस श्रेष्ठले गोल गर्दै खेललाइ १–१ गोलको बराबरीमा पुरयाएका थिए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन नसकेर खेलको निर्णय ट्राईब्रेकर मार्फत लिइएको थियो ।

अगामी २५ गतेसम्म चल्ने फुटबल प्रतियोगिताको दोस्रो खेलमा आईतबार रौतहट र महोत्तरी बिच हुने आयोजक जिपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिएका थिए ।

प्रदेश नम्बर २ मै पहिलो पटक भईरहेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा प्रदेशका आठ वटै जिल्लाका ८ टिमहरुको सहभागिता रहेको छ ।सो कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , जिपि फाउन्डेसनका केन्द्रिय सदस्य अजय कुमार राई , नेपाली काङ्ग्रेसका नेता अनिल रुङटा , जनार्दन सिंह क्षेत्री , प्रदेश सभा सदस्य शन्कर चौधरी , राजपाका केन्द्रिय सहमहामन्त्री नेजामुदिन समानी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , नेकपाका नेता मानदेव हजरा, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , सचिव श्याम पटेल , कोषाध्यक्ष ईम्तीयाज आलम , दिना गुप्ता , दिलिप राज कार्की , सरोज चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ