माघ १६, जनकपुर । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच‘आइएमई पे’का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।उक्त सम्झौतापछिआइएमई डिजिटल सोलुसनलिमिटेडले जनस्तर सम्मवित्तियपहुंच पु¥याउनकालागिविभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ ।
सोहीकार्यक्रममाविश्वकाविकसितशहरहरु क्यासलेस भईरहेको अवस्थामाजनकपुरधामलाई पनिक्यासलेस शहरको रुपमाविकसितगर्ने अभियानको निमित्तपैसा कार्डको औपचारिक सुरुवातभए सँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहरबनाउने अभियानको थालनीभएको हो ।
कार्यक्रमको प्रमुखअतिथिको आसनबाटबोल्दै मुख्यमन्त्रीलालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमाविकसितगर्नकालागिप्रदेश सरकारको तर्फबाटआवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आइएमईको सिइिओ सुमन पोखरेलले बदलिदो समयमाक्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमायसकालागिचुनौती रहेपनिठूलो सम्भावना रहेको बताए । पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेकाथिए । त्यसै गरि आइएमईडिजिटल सोलुसन लिमिटेडका सिइिओ विकास कुमार नाहाटाले यदि हामी मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झतबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास वहाँले ब्यक्त गर्नुभयो ।