९ लाख धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कपको तयारी पुरा

९ लाख धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कपको तयारी पुरा

उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति र कैलारी युथ युनाईटेड भिड्ने

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

धनगढी, माघ १६ ।
झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ को तयारी पुरा भएको छ । शुक्रवारदेखि सुरु भएर माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक सवै तयारी सकिएको आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताउनुभयो ।

धनगढी रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्नु हुने भएको छ । उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति र कैलारी युथ युनाईटेड वीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आयोजकले उद्घाटन खेलमा आयोजक र कैलारी युथ युनाईटेड भिड्न लागेको जानकारी दिएको हो । सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा ८ र समुह वी मा ७ टीम रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन । सवै धनराशी जोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।

क्लबका सचिव ललित मिश्रले प्रतियोगिता हेर्नका लागि विद्यार्थी सहुलियतको पचास र अन्य दर्शकलाई एक सय रुपैयाँ टिकट दर समेत तोकिएको बताउनुभयो । प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।

फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ