अन्तराष्ट्रिय स्टार क्रिकेटर क्रिस गेललले नेपालमा लिग खेल्ने

अन्तराष्ट्रिय स्टार क्रिकेटर क्रिस गेललले नेपालमा लिग खेल्ने

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं । विश्व क्रिकेटका उत्कृष्ट खेलाडी क्रिस गेलले नेपालमा आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल खेल्ने पक्का भएको छ ।

वेष्ट इन्डिजका अलराउण्डर गेलले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग खेल्ने पक्का भएको हो । पोखरा राइनोजले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मार्की खेलाडीका रुपमा गेललाई भित्र्याउन लागेको जानकारी दिएको छ । योसँगै युनिर्भसल बोसका नामले समेत परिचित गेल नेपाल आउने पक्का भएको हो ।

उनले पोखरा राइनोजबाट समुहका दुइ खेल खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । टि–ट्वान्टी क्रिकेटमा विस्फोटक ब्याटसम्यानका रुपमा परिचित ४० वर्षीय गेलले वेष्ट इन्डिजबाट ५८ टि–ट्वान्टी क्रिकेट खेलेका छन् ।

तीन सय बढी एकदिवसीय अन्तराष्ट्रिय खेलको अनुभवी अलराउण्डर गेलले १ सय ३ टेष्ट क्रिकेट खेलेका छन् । यस्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगसमेत खेल्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ