फ्रेण्ड्स क्लबसँग च्यासल पराजित

फ्रेण्ड्स क्लबसँग च्यासल पराजित

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेण्ड्सको जितमा उत्तम राई नायक बने । उनले खेलको ८४औँ मिनेटमा गरेको एक गोल नै फ्रेण्डसका लागि निर्णायक गोल सावित भयो ।

फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक बल च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गर्न सफल भएका हुन् । खेलमा फ्रेन्ड्सका गोलकर्ता उत्तम राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले नौ खेलमा ११ अङ्क जोडेको छ । त्यस्तै पराजित च्यासल समान नौ खेलबाट नौ अङ्कसहित लिगको दशौँ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी