विराटनगरकाे हिमालय दर्शन कलेजले साप्ताव्यापी खेलकुद सप्ताह सुरु गरेकाे छ । आइतवार कलेज प्राङगणमा बेलुन उढाएर खेलकुद सप्ताहकाे सुरूवात गरिएकाे थियाे ।
खेलकुद सप्ताहको कलेजका डाईरेक्टर भेषराज पोखरेल, शैलेन्द्र शिवकोटी , प्रदिप भगत , कलेजका क्याम्पस प्रमुख भरत सापकोटा लगायत कलेजका अन्य विभागीय प्रमुख र विद्यार्थीहरुले बेलुन उढाएर खेलको उद्धघाटन गरेका हुन् ।
साप्ताव्यापी खेलकुद अन्तर्गत फुटवल, भलिवल , व्याटमिन्टन, टेवल टेनिस, क्याराम्बोर्ड, म्युजिकल चियर , चेस र पब्जी खेल समावेश गरिएकाे खेलकुद सप्ताहका खेल संयोजक सुमित साहले जानकारी दिए ।
कलेजले विद्यार्थीहरुलाई पढाई अतिक्ति खेलकुदमा पनि उति कै मात्रामा अब्बल बनाउन हरेक बर्ष खेलकुद सप्ताह गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline