काठमाडौं, माघ १२ ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौं चरणका खेलहरु भोलिदेखि सुरु हुनेछन् । भोली उपाधि दावेदारहरु मच्छिन्द्र क्लब र थ्रिस्टार क्लब भोली भिड्दैछन् ।
यी दुई टोलीबीचको खेल भोलि अपरान्ह ३ बजे हुनेछ । यस्तै भोली नै मध्यान्ह १२ बजे दशरथ रंगशालामा पुलिस क्लबले एपीएफसँग प्रतिस्पर्धा गर्नेछन् ।
आठौं चरणको समाप्तीसम्म त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको छ । आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ । मच्छिन्द्र र मनाङको १६–१६ अंक छ ।
चोथो स्थानको थ्रिस्टार क्लबको १४ अंक छ । ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेलहरु भोलिदेखि हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline