राष्ट्रिय मिनी म्याराथोनको उपाधि पार्कीलाई

राष्ट्रिय मिनी म्याराथोनको उपाधि पार्कीलाई

  • शनिबार, माघ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ११ माघ ।

रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पार्नुभएको छ । प्रतियोगितामा उहाँले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गर्नुभएको थियो ।

यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिष थापामगर र तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी रहनुभएको छ । उहाँहरुले क्रमशः ४२ मिनेट ४१ सेकेन्ड र ४४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो । क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डारादेखि शुरु भएको म्याराथोन रत्ननगरको स्टार बैङ्क्युट होटलमा आएर सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभागीय धावक नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा चेपाङ धावक र विदेशीसहित ३५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा दश नम्वरसम्म आउने धावकलाई रु एक हजार नगदले सम्मान गरिएको छ । त्यसैगरी प्रतियोगिता पूरा गर्ने ४४ महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र मिस नेपाल अर्थ रीया बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा गरिएको यस कार्यक्रमले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा भ्रमण वर्षको सन्देश प्रवाह गरेको क्लबका अध्यक्ष पोख्रेलले बताउनुभयो । क्लबका सदस्य र दाताको सहयोगमा कार्यक्रम गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ