ए डिभिजन लिगमा आज आर्मी क्लबले एनआरटीसँग खेल्ने

ए डिभिजन लिगमा आज आर्मी क्लबले एनआरटीसँग खेल्ने

  • शनिबार, माघ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

११ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) तथा फ्रेन्डस् क्लब र संकटा क्लब भिड्नेछन् ।

एनआरटीविरुद्ध आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक तालिकामा दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबसँग ३ अंकको अग्रता लिनेछ ।

लिगमा ७ खेलबाट आर्मी क्लबको १६ अंक छ । एक खेल बढी खेलेका मच्छिन्द्र क्लब र मनाङ मस्र्याग्दी क्लबको पनि समान १६ अंक रहेको छ ।

हिजोको खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शिर्ष स्थानको आर्मी क्लबसँग अंक बराबरी गरेको हो ।

हिजै भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै च्यासल युथ क्लब अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । उसको ८ खेलबाट ९ अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ