विराटनगर, १० माघ ।
प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले बैशाख १५ सम्ममा विराटनगरको सहिद मैदानमा फ्लड लाईट्सको काम सम्पन्न गरि खेलकुद आयोजना गर्ने बताएका छन् ।
फ्लड लाईट्स कामको निरीक्षका लागि शुक्रबार सहिद मैदान पुगेका मन्त्री घिमिरले सोहि लक्ष्यका साथ काम गर्न निर्देशन पनि दिएका छन् ।
मन्त्री घिमिरेले फल्ड लाईटस्को विषयमा प्रावीधिक टोलीको अभावमा निर्धा्रित समयमा काम सम्पन्न गर्न असहज भएको प्रस्टाए। काठमाडौंको दशरथ रंङशालामा चीन सरकारको टोलीले लाईट्स जडान गरेको बताउदै मन्त्री घिमिरेले प्रवीधिक टोलीको अभाव र प्रक्रिया पुराउने क्रममा धेरै ढिलाई भएको स्वीकार गरे।
यससंगै चैत्र २७ गतेबाट बैशाख ६ गतेसम्म हुने विराट गोल्डकप पनि अन्यौलमा परेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले केहीदिन अघि सो मितिसहित प्रतियोगिता आयोजना गर्न एन्फाको क्यालेण्डरमा समायोजन गरेको थियो। सो समय लाईट्सकै कार्य हुने भएकोले गोल्डकप कसरी गर्ने विराट गोल्डकप ट्रष्ट अन्योलमा देखिएको छ।
निरीक्षणका क्रममा राष्ट्रिय खेलकुद परिषदका इन्जिनीयर सञ्जीवकुमार पाठक, मन्त्रालयका सचिव बीरबहादुर राईको पनि सहभागिता थियो ।