आठौं हिसान स्पोर्ट्स मिट: अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी

आठौं हिसान स्पोर्ट्स मिट: अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

विराटनगर, ९ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत विहिबार भएको खेलमा अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी भएको छ ।

आज भएको क्रिकेटमा अर्किड र सृजना कलेजले जित हात पारेको छ । पहिलो खेलमा अर्किड कलेजले विकेभिएम कलेजलाई ४८ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३३ रनको विशाल योगफल तयार पारेको थियो । अर्किडकालागि मारहतराज अर्यालले ३१ रनमा अविजित हुँदा म्यान अफ द म्याच सुरेन्द्र मण्डल १८ रनमा अविजित रहे । विकेभिएमका विष्णुनारायण यादवले २ विकेट लिए ।

१ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभरमा ५ विकेट गुमाई ८५ रन मात्र बनाउन सक्यो । विकेभिएमका अमन यादवले अविजित १९ र लिसान कार्कीले अविजित १६ रन रहे । अर्किडका महमद अकवर र आशुतोष डोटेलले २–२ विकेट र सुरेन्द्र मण्डलले १ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा सृजना कलेजले नेशनलक लेजलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सृजनाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो । सृजनाकालागि म्यान अफ द म्याच शिवराज खवासले ५६ रन जोड्दा अनिल खत्रीले ३० रन जोडे । नेशनलकाका अजय महतोले ३ विकेट लिए ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १० बनायो । नेशनलका कृष्ण मण्डलले सर्वाधिक ५० रनको योगदना दिए । सृजनाका पवन साहले ४ विकेट लिँदा शिवराज खवासले ३ विकेट लिए ।

फुटबलमा मेरील्याण्ड कलेज , रेड स्टार कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् । पहिलो खेलमा मेरील्याण्ड कलेजले अर्किड कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल मेरील्याण्डका म्यान अफ द म्याच नारायण खडकाले गरे ।

दोस्रोे खेलमा पथरीको रेड स्टार कलेजले कोवास कलेजलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका विनायक लिम्बु र नेमसंङ लिम्बुले १–१ गोल गरे ।

तेस्रोे खेलमा लर्डबुद्ध कलेजले नेपाल दर्शन कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल लर्डबुद्धका म्यान अफ द म्याच आदेश थापाले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ