शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै

  • बिहिबार, माघ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं ,९ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैछ । दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पासँग खेल्नेछ ।

लिग तालिकामा थ्रिस्टार ११ अंकसहित पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा क्लब ७ अंकसतिह ११ औं स्थानमा रहेको छ । आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमसँग खेल्नेछ ।

९ अंक जोडेको जावलाखेल तालिकाको आठौं स्थानमा छ भने ५ अंक जोडेको एपिएफ १३ औं स्थानमा रहेको छ । यसअघि हिजोको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र क्लबले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरुेको छ ।

दुबै टोलीको समान १६ अंक भएपनि एक खेल कम खेलेको आर्मी क्लब गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ