आठौं हिसान स्पोर्ट्स मिट:  कोशी, एभरेष्ट, सिटी र अरनिको कलेज विजयी

आठौं हिसान स्पोर्ट्स मिट:  कोशी, एभरेष्ट, सिटी र अरनिको कलेज विजयी

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

विराटनगर, ७ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङकाे आयाेजनामा भएकाे आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत पहिलाे दिन भएका खेलमा कोशी क्याम्पस एभरेष्ट पथरी, एभरेष्ट कलेज, सिटी कलेज र अरनिको कलेज विजयी भएका छन् ।

मंगलवार भएको क्रिकेटमा कोशी क्याम्पस र कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोवास कलेजलाई १ सय २६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सया ८३ रनको विशाल योगफल तयार पोरेको थियो । कोशीकालागि अमित मण्डलले ४१ रन बनाउँदा कालीचरण यादव र अमित यादवले २३–२३ रनको योगदान गरे । कोवासका रितिक महतोले ३ विकेट र अनिल ढकालले २ विकेट लिए ।

१ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको कोवासले १८ दशमलव १ बलमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । कोवासका आनन्द साहले १० रन जोडे । कोशीका म्यान अफ द म्याच सवास यादवले ३ विकेट तथा सोनस मण्डल र श्रवण किस्कुले २–२ विकेट लिए ।

त्यसैगरि दोस्रो खेलमा एभरेष्ट कलेज पथरीले विद्या भुमि कलेजलाई ६७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सया ८१ रनको विशाल योगफल तयार पोरेको थियो । एभरेष्टकालागि म्यान अफ द म्याच आकाश खत्रीले ८० रन बनाउँदा दिनेश पोखरेलले २२ रनको योगदान गरे । विद्या भुमिका राकेश राजवंशीले ३ विकेट र सरिफ नवाफले २ विकेट लिए ।

१ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको विद्या भुमिले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १८ बनाउन सक्यो । जस्मा रोशन भण्डारीले १८ रन बनाउँदा विल मगरले २६ रन जोडे । एभरेष्टका आकाश खत्री र विकेन थापाले समान २–२ विकेट लिए ।

फुटबलमा एभरेष्ट कलेज, सिटी र अरनिको कलेज विजयी भएका छन् । पहिलो खेलमा एभरेष्ट कलेजले विद्या भुमी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच एभरेष्टका एल्सन राजभण्डारीले तीने गोल गरेका छन् ।

दोस्रोे खेलमा सिटी कलेजले सिर्जना कलेजलाई ५–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिटीका सन्तोष श्रेष्ठले ४ गोल तथा भुपेन्द्र खवासले १ गोल गरेका छन् भने पराजित सिर्जनाका अनिष चौधरीले १ गोल गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ