काठमाडाैं, ७ माघ ।
नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ ।
मंगलबार सम्पन्न ग्रुप ए मा दुई विभागिय टोली विचको प्रतिस्पर्धामा एपिएफ सेनाको टिएसी माथि ३ – १ को जित निकाल्दै समूह बिजेता बन्न सफल भयो । एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ अंकले पराजित गरेको हो । दुवै टिम यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेका थिए ।
महिलाकै समूह बीको प्रतिस्पर्धामा होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब विचको खेलमा न्यू डायमण्डले जित निकाल्यो । न्यू डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो । यसका साथै न्यू डायमण्ड समूह बिजेता बन्दै सेमिफाईनलमा सेना संगको भिडन्त पक्का ग¥यो ।
अव सेमिफाईनलमा एपिएफले समूह बीको उपबिजेता अर्को बिभागिय टोली नेपाल पुलिस क्लब संग र टिएसीले समूह बीको बिजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताको पुरुष तर्फ लिगको अन्तिम खेलमा एपिएफ र पुलिस क्लबले जित निकालेका छन् । एपिएफले ग्रुप बी मा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) लाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्दै ६ अंक सहित समूह बिजेता भयो । यस्तै पुलिसले पनि समूह सी को खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभिसी) लाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह बिजेता बन्न सफल भयो ।

यसका साथै पुरुष तर्फ क्वाटरफाईनको समिकरण पुरा भएको छ । पुरुष तर्फ क्वाटरफाईनलमा समूह ए को बिजेता सेनाको टिएसीले समूह सी को उपबिजेता मणिमुकुन्द भलिबल क्लब संग प्रतिस्पर्धा गर्ने छ । यस्तै समूह बीको बिजेता एपिएफले समूह डीको उपबिजेता बुद्धटोल युवा भलिबल क्लब संग प्रतिस्पर्धा गर्ने छ । समूह सीको बिजेता नेपाल पुलिस क्लबले समूह एको उपबिजेता नयाँबजार सामाजिक युवा क्लब संग तथा समूह डी को बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह बीको उपबिजेता बुलबुले रारा क्लबसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
भोली बुधबार पुरुष तर्फको क्वाटरफाईनलका खेलहरु हुने छन् । जसमा पहिलो खेल ९ ः ३० बजे टिएसी र मणिमुकुन्द भलिबल क्लब, दोश्रो खेल ११ ः ३० बजे एपिएफ र बुद्धटोल युवा भलिबल क्लब, तेश्रो खेल १३ ः ३० बजे पुलिस क्लब र नयाँबजार सामाजिक युवा क्बल तथा चौथो खेल १५ ः ३० बजे हेल्प नेपाल र बुलबुले रारा क्लबविच हुने कार्यक्रम रहेको छ ।
किन्डर ओलम्पिक बुधबार
साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना हुन लागेको छ । अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एसोशियसनको आयोजनामा बुधबार हुन लागेको ओलम्पिकमा २८ विद्यालयका १२ सय बालबालिकाले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ ।
एक दिने किन्डर ओलम्पिक लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने छ । किन्डर ओलम्पिकमा ३ देखि ५ वर्षसम्मका बालबालिका सहभागी हुने छन् ।