मुल्य बढेसँगै सुनको आयात पनि घट्यो

मुल्य बढेसँगै सुनको आयात पनि घट्यो

  • शनिबार, माघ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

माघ ४, काठमाडौं
मुल्यमा भारी बृद्धि भएपछि सुनको आयात हृवात्तै घटेको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सुनको आयात ६० प्रतिशतले घटेको हो ।

केन्द्रका अनुसार असार देखि मंसिरसम्म ६ अर्ब ९० करोड ३८ लाख २५ हजार मुल्य बराबरको सुन आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्षको ५ महिनामा १७ अर्ब ४५ करोड ३१ लाख मुल्य बराबरको सुन आयात भएको थियो ।

गएको ६ महिनाको अवधिमा मात्र सुन प्रतितोलामा १० हजार ३ सय रुपैयाँले बृद्धि भएको छ । गत साउनको पहिलो साता प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेकोमा गत पुष २३ गते हालसम्मकै उच्च ७६ हजार ५ सय पुगेको थियो । पछिल्लो समय अमेरिका र इरानबिच भएको राजनैतिक द्धन्द्धको प्रत्यक्ष असर सुनको कारोबारमा परेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा दैनिक २५ किलो हाराहारीमा सुनको माग हुनेगरे पनि मुल्यबृद्धिपछि कारोबार ठप्प भएको महासंघले जनाएको छ । महासंघका अनुसार पछिल्लो समय सुन किन्न आउनेको भन्दा बेच्न आउने संख्या बढी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी