नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक: अर्थमन्त्री खतिवडा

नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक: अर्थमन्त्री खतिवडा

  • शुक्रबार, माघ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

विराटनगर, ३ माघ।

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले मुलुक सङ्घीयतामा गइसकेपछि तीन वटै सरकारको सेवा प्रवाहलाई वृद्धि गर्न आन्तरिक र बाह्य स्रोतको खोजी भइरहेको धारणा राख्दै देशलाई प्राप्त हुने वैदेशिक सहयोगबाट पूर्वाधार निर्माण र जनताको जीवनस्तर माथि उकास्न खर्च गरिनेछ भन्नुभयो ।

उहाँले वैदेशिक सहयोगलाई सरकारले भौतिक पूर्वाधारको विकासमा परिचालन गर्ने र यसबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सुधार हुने भन्दै वैदेशिक सहयोगसँगै नेपालमा प्रविधि, क्षमता र ज्ञानमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वैदेशिक सहयोगले संविधान र सङ्घीयता कार्यान्वयनमा मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सङ्घीयता कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय भइरहेको स्पष्ट पार्दै स्वीजरल्याण्ड सरकारबाट प्राप्त भएको यो सहयोगले प्रदेशको विकासमा कोशे ढुङ्गा सावित हुने बताउनुभयो । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लरले सङ्घीयतालाई सफल बनाउन प्रदेश सरकार सफल हुनुपर्छ भन्दै नेपालको आर्थिक र सामाजिक विकासमा स्वीजरल्याण्ड सरकारले सहयोग गरिरहने कुरामा जोड दिनुभयो ।

चार वर्षका लागि स्वीजरल्याण्ड सरकारबाट प्रदेश नं १ का प्राप्त हुने रु एक अर्ब सहयोग कार्यक्रमको पत्रमा अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र स्वीजरल्याण्डका राजदूत क्याप्लरले हस्ताक्षर गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी