नेपाल वायुसेवा “भ्रमण वर्ष २०२०” को आधिकारिक वायुसेवा

नेपाल वायुसेवा “भ्रमण वर्ष २०२०” को आधिकारिक वायुसेवा

  • बुधबार, माघ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालय बीच नेपाल भ्रमण वर्षलाई
सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
जस अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमणवर्ष २०२० को आधिकारिक वायुसेवा
तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग
गर्नेछन्।
नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा
निगमको लोगो समावेश गरिनेछ साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन
प्रवद्र्धनलाई मद्दत पु¥याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ ।
यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने
समारोहमा निगमलाई सहभागी गराइनेछ ।
सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका
सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी