नेप्से फेरी ओरालो लाग्यो

नेप्से फेरी ओरालो लाग्यो

  • मङ्लबार, पुस २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

गत बुधबारदेखि वृद्धि भएको नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.४८ अङ्कले घटेर एक हजार २६३.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि २ अङ्कले ओरालो लागेर २७४.२८ मा पुगेको छ । परिसूचक घटे पनि कारोवार रकम भने अर्बमाथि छ । स्टकका अनुसार आज १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर रु एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरीदबिक्री भयो ।

कारोवार भएका १२ मध्ये सात उपसमूहको शेयर घटेको छ । बैंकिङ १०.३६, जलविद्युत् ११.३५, निर्जीवन बीमा ४८.८, उत्पादन ३.६८, लघुवित्त ८.७२, जीवन बीमा ५१.६६ र सामूहिक लागनी कोष ०.०८ अङ्कले घटेको छ । व्यापार ६५.०७, होटल ५.४१, विकास बैंक ०.७ र फाइनान्स ८.४४ र अन्य उपसमूहको शेयर ५.२१ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा आज प्रभु बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोवार भयो । सो बैङ्कको शेयर रु ११ करोड ३४ लाखमा खरीदबिक्री भयो ।

यस्तै नागरिक लगानी कोषको रु सात करोड २७ लाख दुई हजार १०६, नेपाल लाइफ इन्सुरेन्स कम्पनीको रु दुई करोड ९९ लाख ५८ हजार ३९०, एनआइसी एशियाको रु दुई करोड ८६ लाख ९६ हजार ६०८, हिमालयन डिस्टिलरीको रु दुई करोड ४९ लाख ५३ हजार ४१४, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ३२ लाख ९० हजार ३३ र प्रभु बैंकको शेयर रु दुई करोड आठ लाख ४६ हजार २७ मा खरीदबिक्री भयो । परिसूचक ओरालो लागे पनि रैराङ हाइड्रो पावर र साल्टट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले १०÷१० प्रतिशतले कमाए । यस्तै मञ्जुश्री फाइनान्स ९.०३, नेपाल फाइनान्स ७.२६, पञ्चकन्यामाई हाइड्रोपावर ६.७४, सिर्जना फाइनान्सका शेयरधनीले ६.४४ प्रतिशतले कमाए । आज सबैभन्दा बढी दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले ८.६२ प्रतिशतले गुमाए । यस्तै वरुण हाइड्रोपावर ६.३१, सप्तकोशी डेभलपमेन्ट बैंक ६.१२, युनाइटेड मोदी हाइड्रोपावर ५.३५ र रिडी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले ५.२६ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी