ए डिभिजन लिगमा दुई खेलः पहिलो खेल एनआरटी र पुलिस

ए डिभिजन लिगमा दुई खेलः पहिलो खेल एनआरटी र पुलिस

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, पुस २८ ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब भिड्दै छन्। खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मध्यान्ह १२ बजे पछि सुरु हुनेछ ।

अघिल्लो खेलमा च्यासलसँग पराजित भएको नेपाल पुलिस क्लब आज जित निकाल्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । पुलिसले जारी सिजन ५ खेलमा २ जित १ हार र २ बराबरी खेल्दै ८ अंक जोडेर छैटौं स्थानमा छ ।

यो सिजन २ अंक गुमाएको एनआरटी ५ खेलमा २ जित २ हार र १ बराबरी खेल्दै ५ अंक जोडेर ९ औं स्थानमा छ। आजको खेलमा जित निकाल्दै छैटौं स्थानमा उक्लने दाउमा एनआरटी रहने छ।

आजै अपरान्ह ३ बजे पछि हुने दोस्रो खेलमा च्यासल युथ क्लबले विभागिय टोली एपिएफको सामना गर्नेछ। यो खेल पनि सोही मैदानमा हुनेछ । च्यासलले जारी लिगमा ५ खेल खेल्दै १ जित २ हार र २ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको दशौं स्थानमा छ।

आजको खेल जितेको खण्डमा च्यासल छैटौं स्थानमा पुग्ने सम्भवना रहन्छ। १३ औं स्थानमा रहेको एपिएफको दाउ रेलिगेसन जोनबाट माथि उत्रने रहने छ। १ जित ३ हार र १ बराबरी खेलेको एपिएफको ४ अंक रहेको छ। आजको खेल जितेको खण्डमा एपिएफ ७ औं स्थानसम्म उक्लने सम्भावना रहन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ