नेपाली लेग स्पिनर सन्दीप सम्मिलित मेलबर्नको खेल आज

नेपाली लेग स्पिनर सन्दीप सम्मिलित मेलबर्नको खेल आज

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी, पुस २७ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज सिड्नी स्किसर्ससँग खेल्दैछ । मेलबर्हुनमा हुने घरेलु टिम र सिड्नेनीबीचको खेल नेपाली समय अनुसार दिउसो २ बजे पछि सुरु हुनेछ ।

लिगको दोस्रो स्थानको सिड्नीसँग मैदान उत्रदा मेलबर्न आठौं जितको खोजीमा हुनेछ । मेलबर्न ८ खेलमा ७ जितसहित १४ अंक जोडेको शीर्ष स्थानमा रहेको छ । सिड्नीविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।

सिड्नी ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मेलबर्नलाई पछ्याईरहेको छ । सिड्नी घरेलु टोलीलाई हराएर शीर्ष स्थानको अंक बराबर गर्ने योजनामा हुनेछ ।सिड्नीविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ ।

सन्दीपले यस सिजन सबै खेलमा मैदान उत्रने मौका पाएका छन् । सिड्नीसँग खेल्ने १३ सदस्सीय टिममा सन्दीप परिसकेका छन् । यस सिजन सन्दीपले ७ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ