उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्दै

उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्दै

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, पुस २७ ।
तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । नयाँ बसपार्क्स्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टिम एपीएफ क्लब भिड्ने छन् ।

फाइनल खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् । गत संस्करणको उपाधि उचालेको एपीएफ यो वर्षको उपाधि पनि आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ ।

यता, न्यु डायमण्ड गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिदै उपाधि जित्ने योजनामा हुनेछ ।यस अघि सेमिफाइनलमा न्यु डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराएको थियो । एपीएफले पुलिसलाई ३(० कै सोझो सेटमा हराएको थियो ।

यस्तै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच ११ बजे खेल हुनेछ ।प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ