काठमाडौं, पुस २७ ।
सुदूरपश्चिम प्रदेश सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इनरुवामा रंगशालामा आज गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए । खड्क बोहरा १६ रनमा अविजित रहदा अरुण ऐरीले अविजित १० रन बनाए ।
गण्डकीका दिपेश खत्रीले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो । गण्डकीका लागि किशोर महतोले सर्वा्धिक १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमका विनोद लामाले एक्लैले ७ विकेट लिए । शेर मल्लले दुई विकेट लिए । जितसँगै समूह ’डी’ को सुदूरपश्चिमले २ खेलमा २ जितसहित ४ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
समूहको अन्तिम खेलमा भोली गण्डकी र मलेसियाबीच खेल हुनेछ । सुदूरपश्चिम सेमिफाइनलमा पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
अब सेमिफाइनलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र प्रदेश(३ बीच खेल हुनेछ ।