बर्नलीमाथि चेल्सीको सहज जित

बर्नलीमाथि चेल्सीको सहज जित

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी, पुस २७ ।
इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २(० को अग्रता दिलाए ।

त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए । जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको लेष्टर सिटी भने साउथह्याम्पटनसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
यस्तै एभर्टनले ब्राइटनलाई १–० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १(१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ