काठमाडौं, पुस २७ ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ । लिग अन्तर्गतको पहिलो खेलमा आज थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्नेछन् ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मध्यान्ह १२ बजे पछि सुरु हुनेछ । लिगमा थ्री स्टारले तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको छ । यस्तै फ्रेण्ड्स भने रेलिगेशन जोनमा रहेको छ । उसले २ बराबरी र ३ खेलमा हार ब्यहोरेको छ । थ्री स्टार चौथो स्थानमा छ । फ्रेण्ड्स १३ औं स्थानमा छ ।
यस्तै आजै हुने दोस्रो खेल अन्तर्गत सरस्वती र ब्रिगेड ब्वाईज आमने सामने हुनेछ । यी दुइ टोली पनि सोही मैदानमा अपरान्ह ३ बजे पछि मैदान उत्रनेछ ।
सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । ब्रिगेड भने नयाँ विदेशी खेलाडी आजको खेलमा उतार्ने योजनामा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline