शहीद स्मारक लिग : जाउलाखेललाई हराएर मछिन्द्र शीर्ष स्थानमा

शहीद स्मारक लिग : जाउलाखेललाई हराएर मछिन्द्र शीर्ष स्थानमा

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

मछिन्द्र क्लब जाउलाखेल युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्रले जाउलाखेललाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विशाल राईले निर्णायक गोल गर्नुभएको हो ।

उहाँले खेलको ३१औँ मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मछिन्द्र छ खेलबाट १३ अङ्क जोड्दै आफूलाई लिगको शीर्ष स्थानमा राख्न सफल भएको छ ।

दशरथ रङ्गशालामा आज भएको अर्को खेलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ । खेलको ७३औँ मिनेटमा मनाङका सुरज विकले रातो कार्ड पाउनुभयो । उहाँले हिमालयनका स्टेफेन समीरलाई फल गरेपछि रातोकार्ड पाउनुभएको हो । लिगमा मनाङ १२ अङ्कका साथ दोस्रो स्थानमा छ ।

हिमालयनसँग गोलरहित बराबरी खेल्दा मनाङ शीर्ष स्थानमा उक्लिन असफल भएको छ । मनाङले बराबरी खेल्दा त्यसको ठूलो फाइदा मछिन्द्रलाई पुगेको छ । मनाङले हिमालयनसित गोलरहित बराबरी खेल्दा मछिन्द्र शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ