प्रिमियर लिगमा आज सात खेल हुँदै, लिभरपुल र टोटेनहम भिड्दै

प्रिमियर लिगमा आज सात खेल हुँदै, लिभरपुल र टोटेनहम भिड्दै

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, पुस २६ ।
इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज विभिन्न सात खेलहरु हुँदैछ ।प्रिमियर लिगमा आज लिग लिडर लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, टोटेनहम, लेष्टर सिटी लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली समय अनुसार साँझ सवा ६ मा आर्सनलले क्रिस्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ । लिगको दशौँ स्थानमा रहेको आर्सनल जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । नवौं स्थानमा रहेको क्रिस्टल आर्सनललाई घरेलु मैदानमा स्तब्ध बनाउने योजनामा हुनेछ ।

आर्सनलको २७ अंक रहदा क्रिस्टलको २८ अंक रहेको छ ।
चेल्सीले घरेलु मैदानमा बर्नलीको सामना गर्नेछ । खेल राति ८स्४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै चेल्सी शीर्ष तीनका क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । चौंथो स्थानको चेल्सीको ३६ अंक रहेको छ ।
लिगको दोस्रो स्थानमा रहेको लेष्टरले घरेलु मैदानमा साउथह्यामटनसँग खेल्नेछ । लेष्टर सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलमाथि दबाब कायम गर्न चाहन्छ । लेष्टरले २१ खेलमा ४५ अंक जोडेको छ ।

म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ । खेल राति ८स्४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै युनाइटेड अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । युनाइटेड ३१ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

लिग लिडर लिभरपुलले टोटेनहमसँग उसैको मैदानमा खेल्न छ । खेल राति ११स्१५ मा सुरु हुनेछ । ोटेनहमविरुद्ध लिभरपुल जित निकाल्दै उपाधि होडमा एक कदम अघि बढ्न चाहन्छ । यस्तै अपराजित यात्रालाई कायम राख्न चाहन्छ ।
यता, घरेलु टिम टोटेनहम लिभरपुललाई पहिलो हार चखाउने योजनामा हुनेछ । लगमा लिभरपुलले २० खेलमा ५८ अंक जोडेको छ । ३० अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ