ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेल हुने

ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेल हुने

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, पुस २६ ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आज छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ । छैटौं चरणको पहिलो दिन आज २ वटा खेल हुने छन् ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ । यी दुवै टिम अपराजित छन् ।आजको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्नेछ ।

दोस्रो खेलमा अपरान्ह ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । दुवै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ ।

मंगलबारको झडपमा संलग्न खेलाडी कारबाहीमा परेपछि मछिन्द्र र मनाङ समस्यामा छन् । तर दुवै टिमलाई जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ