रियल स्पेनिस सुपर कपको उपाधि नजिक

रियल स्पेनिस सुपर कपको उपाधि नजिक

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी पुस २४ ।
रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाईनलमा प्रवेश गरेको हो ।

रियलको जितमा टोनी क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका थिए । खेलमा अग्रता रियलले १५ औ मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ईस्कोले ३९ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।
लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे ।

दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ । प्रतियोगिता नयाँ ढाँचा अनुसार सञ्चालन गरिएको हो ।

स्पेनिस ला लिगाको दुई टिम र कोपा डेल रेका फाईनल खेलेका टिमले स्पेनिस सुपर कपमा प्रतिस्पर्धा गर्न पाउँछन् ।
रियल तेस्रो स्थानमा रहदै गत सिजन लिगको अन्त्य गरेको थियो । तर बार्सिलोना लिग विजेता र कोपा डेल रेको उपविजेता भएका कारण रियलले सुपरकपमा मौका पाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ