भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ

भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधिलगायतले शुभकामना दिनुभएको थियो । पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गर्नुभएको थियो । उहाँले नेपाल र नेपाली जनता अष्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेपाली समुदायले डढेलो पीडितका लागि सहयोग सङ्कलनका साथै केहीबेर मौन ¥यालीसमेत निकालेको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको ¥यालीमा नेपाली आआफ्नो सांस्कृतिक पहिरन र पहिचानसहित सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।

¥यालीमा पर्यटनमन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी हुनुहुन्थ्यो । सोही क्रममा ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीले सहभागीलाई व्यवसायिक ब्यानरसहित नजान अनुरोध गरेका थिए । सहभागी ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।

यसैबीच अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भका बिषयमा आएका समाचार तथ्यहीन रहेको भन्दै पर्यटनमन्त्रीको निजी सचिवालयले खण्डन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी